global ime bank Long Banner Ad

गृहपृष्ठ कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् ।

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए ।

महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौँमा हुँदै छ ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु