काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा नियुक्त

9.09K
shares

नेपाली कांग्रेस संसदीय दलको सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनित भएका छन् । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण थिए । खाण गृहमन्त्रीमा नियुक्त भएपछि झण्डै १ वर्षदेखि उक्त पद खाली रहेको थियो ।

संसदीय दलकी सचेतक रहेकी पुष्पा भुसाल केही दिन अगाडि मात्रै उपसभामुखमा निर्वाचित भएपछि उक्त पद खाली थियो ।

प्रमुख सचेतक नियुक्त भएकी यादव यसअघि प्रतिनिधिसभाको उपसभामुख भइसकेकी छन् । विश्वकर्मा भने कांग्रेस केन्द्रीय सदस्य हुन् ।