global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने, नत्र जरिवाना

आजदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने, नत्र जरिवाना

आजदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने, नत्र जरिवाना

काठमाडौं महानगरका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग–अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।

उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो । असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका थिए तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरुले चेतावनी दिएका छन् ।

त्यसैले काठमाडौं महानगरपालिकाले पनि स्रोतमै फोहोरको वर्गीकरण गरी संकलन र बिसर्जनको काम सुरु गर्दैछ ।

तर महानगरपालिकाले साउन १ भन्दा अघि थुप्रिएको फोहोर नै व्यवस्थापन गरेर सकेको छैन, जुन फोहोर कुहिने र नकुहिने भनी वर्गीकरण गरिएको छैन । मेयर बालेन्द्र साहको सचिवालयका अनुसार साउन १ गतेबाट छुट्टाएर फोहोर लैजाने भए पनि अहिले नछुट्याई राखिएको फोहोर लैजान समस्या छ ।

प्रकाशित समय : ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु