गृहपृष्ठ ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्म निरन्तरता

‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्म निरन्तरता

‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्म निरन्तरता

एनआइसी एसिया बैंकले असार १२ गतेदेखि असार मसान्तसम्मका लागि ल्याएको निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्म निरन्तरता दिने भएको छ ।

योजनामा देश तथा विदेशमा बसेका नेपाली तथा विभिन्न संस्थाले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई थप एक महिनाका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु