साढे २ बर्षदेखि रिक्त उपसभामुखमा आज निर्वाचन हुँदै
वि.सं.२०७९ असार ३१ शुक्रवार ०१:२३
shares

संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।
























