global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

साना उद्योगी व्यवसायीहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

व्यवसायीहरुले आफ्ना समस्याहरु जानकारी गराउँदा-गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाको विषयमा उचित निर्णय नलिएका कारण आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष नरेश कटुवालले बताए । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कटुवालले आन्दोलनमा देशभरका लाखौ साना तथा मझौला उद्योगी व्यवसायहरुको साथ रहेकोे पनि जानकारी गराए ।

पहिलो चरणको आन्दोलन शुक्रबार बिहान ९ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने, त्यसपछि पनि सरकारले व्यवसायीहरुको मागप्रति गम्भीर नबने अर्को चरणको आन्दोलनमा जाने उनको भनाइ छ ।

लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्नुपर्ने, लकडाउन अवधिभरको व्यवसायिक घरभाडामा पूरै छुट गर्नुपर्ने महासंघले सरकारसमक्ष माग पेश गरेका छन् । यसका साथै पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत गरिनुपर्ने, स्प्रेड घटाएर ३.५ कायम गर्नुपर्ने महासंघको माग छ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रदेखि नेपालका उद्योगधन्दा तथा पसल व्यवसायहरुमा ठूलो असर परेकोप्रति उनले चिन्ता व्यक्त गरे । संकटको यो घडीमा उद्योगी व्यवसायीहरुको मुख्य चुनौतीको रुपमा घरभाडा र बैंकको ब्याजदरको विषय बनेको कटुवालको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याजको मिति असार मसान्तसम्म पुर्‍याएको, कोरोना प्रभावित क्षेत्रको ब्याजमा २ प्रतिशत छुट दिन बैंकहरुलाई निर्देशन दिएको अवस्थामा सरकारले भने भाडा छुटको लागि वास्ता नगरेको भन्दै कटुवालले अब आन्दोलनमा जानुबाहेक अरु विकल्प नदेखिएको प्रष्ट पारे ।

प्रकाशित समय : ००:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु