global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जवाफबाट सरकारले चित्रबुझाउन सक्ने अवस्था नभएपछि उनलाइ बर्खास्त गर्नु परेको हो ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु