गृहपृष्ठ रविविरुद्ध मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने अपेक्षा

रविविरुद्ध मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने अपेक्षा

रविविरुद्ध मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने अपेक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

यअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ ।

त्यस्तै चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  लामिछानेको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए ।

युवराजको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु