nmb bank

गृहपृष्ठ प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका दुई मन्त्री नियुक्त

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका दुई मन्त्री नियुक्त

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका दुई मन्त्री नियुक्त

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। उनी सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन्। उनी राष्ट्रिय सभाकी सांसद हुन्। शिक्षा मन्त्रीमा जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष अशोक राई छन्।

योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु