गृहपृष्ठ एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा
एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एक साताभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
देशभरबाट सम्पूर्ण विवरण आइसकेको बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले बताए । कोरोनाभाइरस महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मूल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिइएको छ ।
नियन्त्रक खकुरेलका अनुसार प्राप्त भएको हार्डकपी र सफ्ट कपी रुजुको काम भइरहेको छ । ‘हामी नतिजा प्रकाशनको करिब अन्तिम चरणमा छाैं । सायद अब धेरै समय नलाग्ला,’ उनले भने ।
प्रकाशित समय : ००:१६ बजे



















