गृहपृष्ठ कर्णालीमा थप ३१ जनालाई कोरोना संक्रमण
कर्णालीमा थप ३१ जनालाई कोरोना संक्रमण
कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण देखिएको छ । सोमबार गरिएको आरटी-पीसीआर परीक्षणमा तीन जिल्लामा गरी ३१ जनामा संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा २८, कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १ र चौरजहारी नगरपालिका रुकुमपश्चिम पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २ जनामा संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका अनुसार दैलेखमा देखिएका संक्रमित सबै दुल्लु नगरपालिकाका रहेका छन् । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा चिङगाड गाउँपालिकाका र रुकुमपश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिका सल्यानका व्यक्तिमा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ९ सय १० पुगेको छ । त्यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ६ सय ५८ रहेको छ ।
प्रकाशित समय : ००:४३ बजे



















