global ime bank Long Banner Ad

गृहपृष्ठ झापा विकास मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता उप्रेती, २५ विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

झापा विकास मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता उप्रेती, २५ विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

झापा विकास मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता उप्रेती, २५ विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

झापा विकास मञ्चले २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मञ्चले आइतबार विशेष साधारण सभा गरी झापाली समाज यूएसएसँगको समन्वयमा जिल्लाका २५ जना गरिब, सीमान्तकृत तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाडौँको बबरमहलमा सम्पन्न विशेष साधारण सभाले वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा भरतकुमार घिमिरे, सचिवमा नारायणप्रसाद पराजुली, कोषाध्यक्षमा जीवनकुमार घिमिरे र सदस्यहरुमा हिराबहादुर खत्री, जीबनाथ प्रसाईं र गंगाप्रसाद भेटवाल सर्वसम्मत चयन भएका छन् ।

झापा विकास मञ्चका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमलाई सफल कार्यकालको शुभकामना दिए । त्यस्तै, अध्यक्षता ग्रहण गर्दै वरिष्ठ अध्यक्ष उप्रेतीले ऊर्जाशील नयाँ टिम र अनुभवी पुरानो टिमबाट सहयोग लिँदै मञ्चका गतिविधि अघि बढाउने प्रतिबद्धता जनाए ।

साधारण सभामा सल्लाहकारहरू संस्थापक अध्यक्ष सीताराम उप्रेती, प्रा. लालानाथ सुवेदीलगायतको सहभागिता थियो ।

प्रकाशित समय : ०२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु