गृहपृष्ठ १ लाख पुग्न लाग्यो सुनको मूल्य
१ लाख पुग्न लाग्यो सुनको मूल्य
बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार प्रतितोला ९९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यो मूल्य पाँच सय रूपैयाँ वृद्धि हो । बुधबार छापावाल सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : १७:४४ बजे



















