global ime bank Long Banner Ad

गृहपृष्ठ १५ केजी ‘सुन’ प्रकरण : पूर्वी नवलपरासीको दुम्कीबासबाट ३ जना पक्राउ

१५ केजी ‘सुन’ प्रकरण : पूर्वी नवलपरासीको दुम्कीबासबाट ३ जना पक्राउ

१५ केजी ‘सुन’ प्रकरण : पूर्वी नवलपरासीको दुम्कीबासबाट ३ जना पक्राउ

काठमाडौंको कमलादीबाट मंगलबार नक्कली सुन बरामद भएको घटनामा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेका छन् । पूर्वी नवलपरासीको दुम्कीबासबाट देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।

चेकजाँचको क्रममा नरोकिएपछि पछ्याउँदा बा. ६ च ५५१९ नम्बरको सो स्कार्पियो गाडीमा सवार व्यक्तिहर कपडाको सेतो झोला फ्याँकेर भागेको प्रहरीको भनाइ छ । झोलाभित्रबाट प्रहरीले १ केजी लेखिएको ८, २५० ग्राम लेखिएको २६ र ५०० ग्राम लेखिएको एक थान पहेंलाे धातु तथा दुई थान पेस्तोल र म्यागजिन पनि बरामद गरेको छ । परीक्षणको क्रममा सुनकाे जलप लगाइएकाे साढे १४ केजी चाँदी र आधा केजी सुन भएको पत्ता लागेकाे थियाे ।

सो घटनाको घटनास्थलसमेत नक्कली बनाएको खुलेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाल लगायतमाथि समेत छानविन भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ । घटनाबारे छानविन गर्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा नेतृत्वमा टोली बनेको छ ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु