गृहपृष्ठ कैलालीमा बाढीले बगाएर बेपत्तामध्ये १ जनाको शव फेला
कैलालीमा बाढीले बगाएर बेपत्तामध्ये १ जनाको शव फेला
कैलालीको भजनी नगरपालिकामा बाढीले बगाएर बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका- ८, जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत फेला परेका हुन् ।
यस्तै, वडा नम्बर ८ का ३३ वर्षीय चक्र बहादुर विक, काँडाढीक गाउँका ४० वर्षीय ईश्वर शाह अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको एसपी अुनपम शमशेर जबराले जानकारी दिए ।
एसपी जबराका अनुसार बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गरिएकाे छ ।
प्रकाशित समय : ०१:१३ बजे


















