global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच ‘सहुलियतपूर्ण कर्जा’ समझदारी

एनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच ‘सहुलियतपूर्ण कर्जा’ समझदारी

एनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच ‘सहुलियतपूर्ण कर्जा’ समझदारी

एनएमबी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि समझदारी भएकाे छ ।

समझदारीपत्रमा एनएमबी बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभ राज थपलियाले बैंकको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।

सम्झाैताअनुसार दोस्रो पक्षले महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरी सम्भाव्य उद्यमीहरुको पहिचान गर्नेछ । यसका साथै एनएमबी बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।

बैंकले १६९ शाखा, ५ विस्तारित काउन्टर र १३३ एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : ०१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु