global ime bank Long Banner Ad

गृहपृष्ठ ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा…

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा…

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा…

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए ।

अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । वर्ष दिन अघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

स्वास्थ्य सामग्री सहयोग

चीनको न्यालम कन्ट्री सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएको थियो ।

यसअघि झण्डै एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान प्राप्त गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत न्यालम सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो । बाढीपहिरो पीडितका लागि चीन सरकारले खाद्यान्न, टेन्टलगायत अन्य आवश्यक सामग्रीसमेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार न्यालम सरकारले आज एन–९५ मास्क एक हजार थान र डिस्पोजएबल मेडिकल मास्क १०० थानलगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु