गृहपृष्ठ विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ७६ हजार नाघ्यो
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ७६ हजार नाघ्यो
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ७६ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब सात हजारभन्दा बढीको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार ७५९ जनाको ज्यान गएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक करोड ७४ लाख ७६ हजार १०५ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै तीन लाख भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म एक करोड नौ लाख ३९ हजार ४७३ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार ५८ लाख ५९ हजारको उपचार भइरहेको छ । उपचाररतमध्ये ६६ हजार ३७२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ४६ लाख ३४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै एक लाख ५५ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या २६ लाख १३ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ५८ हजारभन्दा बढी व्यक्तिमा थप संक्रमण देखिएको थियो । त्यस्तै अहिलेसम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९१ हजार ३७७ पुगेको छ ।
प्रकाशित समय : १६:०३ बजे


















