global ime bank Long Banner Ad

गृहपृष्ठ यातायाततर्फको डिजिटल भुक्तानीमा एनएमबी बैंकको फड्को

यातायाततर्फको डिजिटल भुक्तानीमा एनएमबी बैंकको फड्को

यातायाततर्फको डिजिटल भुक्तानीमा एनएमबी बैंकको फड्को

एनएमबी बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रवर्धन गर्न एन–क्लाउड प्रालिसंँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताले सम्पर्करहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्नेछ । परियोजनाको सुरुवात किपु बस सेवा प्रालिसँग हुनेछ, जहाँ यात्रुले बस भाडा कार्डको प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

कोभिड–१९ को प्रतिकल परिस्थिति र अपनाउनुपर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटाइजेसनतर्फ केन्द्रित रही नगदबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

बैंकले चाँडै नै अन्य बस समितिहरुसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीका लागि अन्य बस अपरेटरहरूसँग पनि सहकार्य सुरू गर्ने उद्देश्य लिएको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई विद्युतीय वित्तीय सेवा छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : ००:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु