global ime bank Long Banner Ad

गृहपृष्ठ छिप्रामा एक करोडको लगानीमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना

छिप्रामा एक करोडको लगानीमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना

छिप्रामा एक करोडको लगानीमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना

हुम्लाको खार्पुनाथ गाउँपालिका ४ छिप्रामा एक करोडको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना हुने भएको छ ।

खार्पुनाथ गाउँपालिकाले एक करोडको लगानीमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर बनाउन लागेको हो । स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार तयार हुँदा अब विशेषज्ञ प्राविधिक जनशक्ति उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बताए ।

अब खार्पुनाथ गाउँपालिका ४ का छिप्रा, माँजा, नल्न र लेखका स्थानीयहरुलाई उपचारका लागि सदरमुकाम सिमिकोट जानुपर्ने बाध्यता हटेको स्थानीय डबलबहादुर हमालले खुशी व्यक्त गरे । अब गाउँमा स्वास्थ्य सेवाका लागि सुविधा थपिदा स्थानीय महिला, बालबालिका, जेष्ठ नागरिक तथा विशेष अवस्थाका नागरिकले घरदैलोमा नै स्वास्थ्य सेवा पाउने विश्वास खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु