global ime bank Long Banner Ad

गृहपृष्ठ क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने

क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने

क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । मन्त्री विश्वकर्माले ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिएका हुन् ।

सो अवसरमा उनले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिए । उनको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उनी गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुन् । (रासस)

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु