global ime bank Long Banner Ad

गृहपृष्ठ अब सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र वितरण

अब सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र वितरण

अब सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र वितरण

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा स्थापना भएपछि सुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उत्तीर्ण भएकाहरुलाई बिहीबारबाट लाइसेन्स वितरण गरिएको हो ।

बिहीबार ६५९ जनालाई कार्यालयले चालक अनुमतिपत्र वितरण गरेको जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरकी गीताञ्जली पुरीलाई पहिलोपटक चालक अनुमतिपत्र वितरण गरे ।

अनुमतिपत्र वितरण गर्दै मुख्यमन्त्री शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयभन्दा निकै संवेदनशील भएको भन्दै कुनै पनि काममा नागरिक खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने उल्लेख गरे । उनले सेवामा ढिलासुस्ती हुन नदिनका लागि कर्णाली सरकार सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नेका लागि आवश्यक तयारीमा जुटेको बताए ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु