global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से १४.७१ अंकले बढ्यो, साढे २ अर्बको कारोबार

नेप्से १४.७१ अंकले बढ्यो, साढे २ अर्बको कारोबार

नेप्से १४.७१ अंकले बढ्यो, साढे २ अर्बको कारोबार

सेयरबजारमा सुधार देखिएको छ । नेप्से १४.७१ अंकले बढेपछि बिहीबार फेरि २००१.५३ विन्दुमा फर्किएको हो ।

आज २२० कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअनुसार दिनभरिमा ३९ हजार पटकको कारोबारमा ६२ लाख कित्ता बढी सेयर बिक्री भएका छन् । बिक्री भएका सेयर २ अर्ब ४१ करोड रुपैयाँ बराबरको हो । बिहीबार दिउँसो २ बजेसम्म सेयर बजार परिसूचक उतारचढाव भइरहेको थियो । सो बेला सूचक १९८० विन्दुमा रहे पनि त्यसपछिको एक घण्टामा २००० विन्दु छोएको हो ।

योसँगै आज १३ वटै उपसूचक हरियो हुन पुगेका छन् । आज ११६ वटाको सेयर बढेको छ भने ५५ वटाको घटेको छ । १२ वटाको भने उही मूल्य कायम छ । आज लगानीकर्ताहरुले १० प्रतिशतसम्म कमाउँदा ५.०१ प्रतिशतसम्म गुमाउनुपरेको छ ।

सर्वाधिक कारोबारमा आज एनआइसी एसिया बैंकको ३० करोडको सेयर कारोबार भएको छ । त्यस्तै माथिल्लो तामाकोशीको १४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु