global ime bank Long Banner Ad

गृहपृष्ठ सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट कार्ड र क्रेडिट कार्डवाहकले क्यूआरमार्फत् भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी भुक्तानी कारोबार गर्न सक्ने बताइएको छ । साथै मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु