global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया बैंकद्वारा ‘क्यास रिसाइक्लर’ सेवा सुरु, मेसिनबाटै नगद जम्मा गर्न सकिने

एनआइसी एशिया बैंकद्वारा ‘क्यास रिसाइक्लर’ सेवा सुरु, मेसिनबाटै नगद जम्मा गर्न सकिने

एनआइसी एशिया बैंकद्वारा ‘क्यास रिसाइक्लर’ सेवा सुरु, मेसिनबाटै नगद जम्मा गर्न सकिने

एनआइसी एशिया बैंकले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवा सुरु गरेको छ । यस नवीन सेवामार्फत अब ग्राहकहरूले सहज रुपमा सो बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् ।

सो सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने र एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।

यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले Cash Recycler मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत ग्राहकहरूले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । बैंकका अनुसार क्यास रिसाइक्लर मेसिनबाट ग्राहकहरूले दैनिक रुपमा एटीएम मेसिनबाट झैं सरल रुपमा नगद झिक्नसमेत सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु