गृहपृष्ठ मानवस्रोत नीति सरकारले बनाउनुपर्छ : विमला राई

मानवस्रोत नीति सरकारले बनाउनुपर्छ : विमला राई

मानवस्रोत नीति सरकारले बनाउनुपर्छ : विमला राई

राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसंख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसंख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुट्टै मन्त्रालय बनाउन जरुरी भएको बताइन् ।

‘नेपालको मानव स्रोत भनेको निकै महत्वपूर्ण हो, अहिले युवाको जनसंख्या नेपालमा धेरै देखिएको छ,’ सांसद  पौडेलले भनिन्, ‘नेपालमा १५ वर्षमाथि ६५ वर्षमुनिका जनसंख्या धेरै हुनु असाध्यै राम्रो हो र यसलाई उपयोग गर्न सरकारले छुट्टै योजना  बनाउनुपर्छ ।’    

जनसंख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उनले जनसंख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसंख्याको उपयोग गर्नका लागि सरकारको नीति र योजना जरुरी भएकामा जोड दिइन् । ‘युवा जनशक्ति देशमा हुनु राम्रो अवसर हो, विश्वका अन्य देशमा पनि युवा जनशक्ति भएका बेलामा धेरै विकास भएको देखिएको छ,’ सांसद  पौडेलले भनिन्, ‘अहिले युवाको राम्रो संख्या देखिएको छ, सरकारले यिनको महत्व बुझन जरुरी छ ।’

प्रकाशित समय : २३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु