गृहपृष्ठ एसईईको नतिजा साउन पहिलो साता
एसईईको नतिजा साउन पहिलो साता
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७-८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो ।
'उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको छ । नतिजा सार्वजनिकको मिति तय भएको छैन । अब ७-८ दिन त लाग्ला,' एसईई उपनियन्त्रक भक्तबहादुर गोदारले भने । उनका अनुसार असार मसान्तमा नतिजा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिलाइ भएको हाे ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका छन् ।
प्रकाशित समय : २३:०४ बजे



















