global ime bank Long Banner Ad

गृहपृष्ठ अपर तामाकोसी हाइड्रो पावरले हकप्रद सेयर निष्कासन गर्दै

अपर तामाकोसी हाइड्रो पावरले हकप्रद सेयर निष्कासन गर्दै

अपर तामाकोसी हाइड्रो पावरले हकप्रद सेयर निष्कासन गर्दै

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १ बराबर १ः५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हालको चुक्ता पुँजी ११ अर्ब रुपैयाँलाई बढाएर ३० अर्ब रुपैया पुर्‍याउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने कति परिमाण वा अनुपातमा निष्कासन गर्ने भन्ने यकिन नभएको तर प्रक्रिया अगाडि बढाइएको बताए । 

कम्पनी सञ्चालक समितिले यस विषयमा निर्णय गरिसकेको र विद्युत् नियमन आयोगबाट समेत वार्षिक साधारणसभामा एजेन्डा लैजान स्वीकृत लिइसकेको जनाइएको छ । सँगै धितोपत्र बोर्डबाट स्वीकृत लिनका लागि पनि आवेदन दिइएको तर त्यहाँबाट काम अगाडि नबढेको बताइएको छ । 

हरेक आर्थिक वर्षको ५ महिनाभित्र अर्थात् पुसभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान रहे पनि कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को साधारणसभा भएको छैन । अब यो वर्ष दुई वर्षको साधारणसभा गरेर हकप्रद सेयर निष्कासन पारित गर्नुपर्ने हुन्छ ।

प्रकाशित समय : ०२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु