global ime bank Long Banner Ad

गृहपृष्ठ चीन र पाकिस्तानद्वारा सामुद्रिक अभ्यास ‘सी गार्डियन्स-२’ सुरू

चीन र पाकिस्तानद्वारा सामुद्रिक अभ्यास ‘सी गार्डियन्स-२’ सुरू

चीन र पाकिस्तानद्वारा सामुद्रिक अभ्यास ‘सी गार्डियन्स-२’ सुरू

चीन र पाकिस्तानका नौसेनाहरूले सी गार्डियन्स-२ नामक चार दिने संयुक्त सामुद्रिक अभ्यासको एक भागको रूपमा मंगलबार प्रत्यक्ष फायर ड्रिल सुरु गर्ने तयारी गरेका छन् । अभ्यासमा सहभागी जहाजहरू सांघाईको सैन्य बन्दरगाहबाट निर्धारित समुद्री क्षेत्रतर्फ प्रस्थान गर्नेछन् ।

यस संयुक्त अभ्यासको उद्देश्य रक्षा सहयोग, विशेषज्ञता र अनुभवको आदान-प्रदान, दुई देश र सेनाबीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र चीन-पाकिस्तान बीचको मौसमी रणनीतिक सहकारी साझेदारीको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइएको छ । सो क्रममा व्यावसायिक र प्राविधिक आदान-प्रदान, टग अफ वार र बास्केटबल खेल सोमबार सम्पन्न भएको छ ।

प्रकाशित समय : ००:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु