गृहपृष्ठ बढ्यो संक्रमण, १६८ कोरोना संक्रमित थपिए
बढ्यो संक्रमण, १६८ कोरोना संक्रमित थपिए
कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो संख्यामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । सो अवधिमा ३७ संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएका जिल्ला १५ रहेका छन् ।
काठमाडौँमा २०० बढी सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा ७४९, संस्थागत आइसोलेसनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसीयू) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।
प्रकाशित समय : २३:३८ बजे



















