global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति

स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति

स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति

नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा घात गरेको कुरा उठाएपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता कृष्णबहादुर महराको भनाइ छ । गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो ।

यसअघि बलियो देखिएको माओवादी यसपटकको निर्वाचनमा मधेशमा कमजोर बनेको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु