global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ट्वीटर किन्ने सम्झौताबाट पछि हटे इलन मस्क

ट्वीटर किन्ने सम्झौताबाट पछि हटे इलन मस्क

ट्वीटर किन्ने सम्झौताबाट पछि हटे इलन मस्क

टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्ने भएका छन् । माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेका कारण ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने इलनको भनाइ छ ।

ट्वीटरले भने अब इलनविरुद्ध मुद्दा हाल्ने जनाएको छ । कम्पनीका अध्यक्ष ब्रेट टेलरले मर्जर सम्झौता लागू गर्न इलनविरुद्ध कानुनी कारबाही गर्ने बोर्ड समितिको योजना रहेको जानकारी दिएका छन् । ‘मस्कसँग सहमति भएको मूल्य र सर्तहरूमा लेनदेन गर्न ट्वीटर बोर्ड प्रतिबद्ध छ र मर्जर सम्झौता लागू गराउन कानुनी कदम चाल्ने हाम्रो योजना छ,’ ब्रेटले ट्वीट गरेका छन्, ‘यसको हाम्रो जित हुनेछ भन्नेमा विश्वस्त छौं ।’

ट्वीटरले स्पाम र नक्कली एकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नु परेको मस्कले बताएका छन् । गत मे महिनामा उनले फेक एकाउन्टबारे ट्वीटरसँग पूर्ण विवरण मागेको र त्यो प्राप्त भइनसकेकाले ट्वीटर किन्ने सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ बताएका थिए ।

उनी ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या र स्वचालित ९बट० खाताको संख्याबारे विवरण चाहन्थे । कम्पनीले यसबारे जानकारी नदिएपछि सम्झौता रद्द गर्नुपरेको इलनको भनाइ छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु