nmb bank

गृहपृष्ठ नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी बच्ने ?

नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी बच्ने ?

नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी बच्ने ?

झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए ।

दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । वर्षापछि किराको फैलावट भइरहेको डा. पौडेल बताउँछन् । बिहीबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौँको निजामति कर्मचारी अस्पतालमा एक मानिस आइपुगेका थिए । उक्त समस्या नाइरोबी फ्लाईको संक्रमणको कारण भएको अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले जानकारी दिए ।

विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ । उक्त किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् ।

किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन् ।

किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ ।

कसरी बच्ने ?

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् । उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु हुन्छ । सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ ।

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु