nmb bank

गृहपृष्ठ अदानचुलीको घरदैलो स्वास्थ्य शिविरमा नौ सय ५० ले लिए सेवा

अदानचुलीको घरदैलो स्वास्थ्य शिविरमा नौ सय ५० ले लिए सेवा

अदानचुलीको घरदैलो स्वास्थ्य शिविरमा नौ सय ५० ले लिए सेवा

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहीबारदेखि सञ्चालन भएको शिविर शनिबार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा नौ सय ५० जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए ।

गाउँपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक, बालबालिकाका लागि उक्त सेवा दिएको अधिकृत महताराले बताए । अधिकृत महताराका अनुसार अदानचुलीका नागरिकलाई घरमै पुगेर सेवा दिनका लागि १० स्थानका विभिन्न ठाउँमा उक्त सेवा प्रदान गरिएको हो । स्वास्थ्य शिविरमा विभिन्न रोगका समस्याग्रस्त बिरामीको उपचार गरिएको अधिकृत महताराले जानकारी दिए ।

उक्त स्वास्थ्य शिविरमा पहिलो दिन दुई सय ४०, दोस्रो दिन दुई सय ४५ र तेस्रो तथा अन्तिम दिन पाँच सय ६५ जनाको जाँच तथा उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले बताए । तीन दिनसम्म सञ्चालन भएको शिविरको गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, विभिन्न वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत महतराले अनुगमन गरेका थिए । वडा नं ५ मा रहेको काखे प्राथमिक विद्यालयमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ५६ महिला ४१ जना पुरुष गरी ९७ जनालाई जाँच गरिएको छ भने ११ जना दीर्घरोगका बिरामीलाई उपचार गरिएको स्वास्थ्यकर्मी नरबहादुर महताराले बताए ।

उपचार गरिएका बिरामीको सामान्य रहेको बताइएको छ । यस्तै वडा नं ५ मै रहेको करगाइमा सञ्चालन भएको शिविरमा एक सय ७३ जनाको जाँच गरिएको थियो । सामान्य जाँचका लागि घण्टाँैको बाटो भएर स्वास्थ्य केन्द्रसम्म पुग्नुपर्ने ज्येष्ठ नागरिकको कष्ट बुझेर उक्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।

 

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु