गृहपृष्ठ थप ७८ जनामा कोरोना पुष्टि, ५०८ पुग्यो सक्रिय संक्रमितको संख्या
थप ७८ जनामा कोरोना पुष्टि, ५०८ पुग्यो सक्रिय संक्रमितको संख्या
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयले उल्लेख गरेकाे छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे तथ्यांकअनुसार नेपालमा ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भइसकेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
प्रकाशित समय : २२:५७ बजे



















