global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गरेका छन् । 

मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका हुन् ।

 यसअघि नै पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउने घोषणा गरेको थियो । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् । पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंक चोकनजिक पर्यटन विभागले आठ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । सात हजार ९०० वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न सकिने जनाइएको छ ।

प्रकाशित समय : ०३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु