global ime bank Long Banner Ad

गृहपृष्ठ तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत् भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जानकारी दिए ।

बुढाथोकी आज दिउँसो ३ः३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित समय : ०३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु