global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अखिल क्रान्तिकारी विवाद : पवन कार्कीको नेतृत्वमा समानान्तर समिति गठन

अखिल क्रान्तिकारी विवाद : पवन कार्कीको नेतृत्वमा समानान्तर समिति गठन

अखिल क्रान्तिकारी विवाद : पवन कार्कीको नेतृत्वमा समानान्तर समिति गठन

माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकाे आन्तरिक विवाद उत्कर्षमा पुगेकाे छ । शनिबार एक भेलाले पवन कार्कीको नेतृत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति बनाएसँगै अखिल क्रान्तिकारी करिब विभाजित भएको हो ।

शनिबार राजधानीमा भएको भेलाले १९९ सदस्यीय आयोजक समिति गठन गरेको छ । कार्कीले यसअघि बनेको पन्चा सिंहको नेतृत्वको अखिल क्रान्तिकारीको कमिटी अवैधानिक भएको दाबी गरे । समितिमा इन्द्र लामा, उपदेश यादव , बालकुमार केसी, सागर केसी, बसन्ता भण्डारी, समीर बुढाथोकी, विराज थापालगायत छन् ।

भेलाले संगठन विभाग, प्रशिक्षण विभाग, स्वयंसेवक विभागलगायत महत्वपूर्ण विभाग र प्रदेश समिति गठन गरेकाे छ । यसका साथै राष्ट्रिय समितिको संयोजक बैठकबाट निर्णय गरेर देशभर संगठन पुनर्गठन अभियान चलाएर राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्ष गरेर अघि बढ्ने निर्णय गरेकाे छ ।

प्रकाशित समय : २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु