गृहपृष्ठ भरत र नवयुग अमेरिका प्रस्थान
भरत र नवयुग अमेरिका प्रस्थान
त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ बुधबार अमेरिका प्रस्थान गरेका छन् । उनीहरू अमेरिकामा आयोजना हुने पाँचाैं नेप्लिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्न गएका हुन् ।
भरत र नवयुगले आयोजक लस एन्जलस टोलीबाट खेल्ने छन् । युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गर्ने पाँचौं संस्करणको प्रतियोगिता जुलाईमा हुनेछ । भरत हाल राष्ट्रिय टोलीबाहिर रहेका छन् । सिनियर खेलाडी अनुपस्थित हुँदा नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए ।
प्रकाशित समय : १६:३५ बजे

















