global ime bank Long Banner Ad

गृहपृष्ठ सप्तकोसीको २४ ढोका खोलियो

सप्तकोसीको २४ ढोका खोलियो

सप्तकोसीको २४ ढोका खोलियो

निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोसीमा पानीको बहाव १ लाख ७८ हजार ५९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ । 

सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही बस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन् ।

प्रकाशित समय : ०४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु