global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’को विजेता

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’को विजेता

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’को विजेता

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुनसम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए ।

रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन् । हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त एक मात्र प्रतियोगिताको र्‍यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो ।

फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई)बाट स्वीकृत प्राप्त प्रतियोगितामा दुई पांग्रेका साथै चारपांग्रे गाडीको समेत सहभागी थियो । प्रतियोगिताको दोस्रो दिन चाम्बाबाट लेग वान (१) प्रारम्भ भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो ।

तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए । यसअनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो ।

ग्रुप ‘डी’अन्तर्गत ३८ वर्षीय दीपक २५० सीसीभन्दा माथिको क्याटगोरीमा सहभागी भएका थिए । यसअनुसार दीपक ग्रुप डी क्लास ११ मा सहभागी भएका थिए । यो समूहमा रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । यस रूटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा ‘लाइट स्नो’ पनि हुन्छ ।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उद्घाटन गरेको र्‍यालीका विजेतालाई हिमाञ्चल प्रदेशका सांसद पवन नायरले पुरस्कृत गरेका थिए । पुरस्कार समारोहमा नेपाली ढाका टोपीसहित उपस्थित भएका दीपकलाई देख्दा आयोजक टिम अचम्मित भएको थियो । यसअघि दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमाञ्चलमा भाग लिएका थिए । तर रेसको दोस्रो दिन चोट बोकेपछि उनले प्रतियोगिता त्याग्नुपरेको थियो ।

अर्को वर्ष २०१८ मा उनले रोयल इनफिल्ड क्याटगोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इनफिल्ड डी विधामा सहभागी दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सहभागी हुन काठमाडौँदेखि चाम्बासम्म

प्रतियोगितामा सहभागी हुन दीपक १० जुनमा काठमाडौँबाट दिल्ली र दिल्ली हुँदै चण्डीगढबाट हिमाञ्चल प्रदेशको चाम्बा पुगेका थिए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिब १२० किलोमिटर छ ।

नेपालबाट दीपक चाम्बा तीन दिनमा पुगेका थिए । प्रतियोगिता समुद्र सतहबाट ४ हजार ५०० माथि हुने गर्दछ ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु