काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रचण्डलाई घनश्याम भुसालको जबाफ– माओवादीको बिउ अब उम्रदैन

11.4K
shares

एमालेमा बिउ रोपेर आएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को भनाइप्रति नेकपा (एमाले) नेता घनश्याम भुसालले जबाफ फर्काएका छन् । प्रचण्डले आजको आवश्यकता नबुझेको उनको भनाइ छ । 

भुसालले भने,‘कमरेड प्रचण्डले आज कहीँ भन्नुभएछ– एमालेमा बिउ छाडेर आएका छौँ, हेर्नुहोला फल्छ  । एउटा धारालाई संगठित गर्न र उत्साहित गर्न जे भन्नुभयो त्यसलाई स्वागन गर्नुपर्छ । तर, उहाँले आजको आवश्यकता राम्ररी बुझ्नुभएन । आज माओवादीको बिउ, एमालेको बिउ, एकीकृत समाजवादी कसैको पनि बिउ उम्रिदैन । यी नउम्रिने बिउहरु हुन् । हाइब्रिड बनाउनुपर्छ ।’ 

आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु एकीकृत र केन्द्रीकृत गर्न नेकपा (एमाले)मा माओवादीको बिउ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए । उनले भनेका थिए, ‘एमालेको नेतृत्व गर्ने प्रयास गर्‍यौँ तर सकिएन नि भन्ने लागेको हुनसक्छ । तर, हामीले त्यहाँ बिउ रोपेका छौँ । माओवादीले बिउ रोपेका छौँ । केही समयपछि फुल्छ, फल्छ ।’ 

एमालेभित्र माओवादीको बिउ रोपेका छौँ, केही समयपछि फल्छ : प्रचण्ड

रैथाने बिउले नहुने बताउँदै त्यसलाई हाइब्रिड बनाउनुपर्नेमा जोड दिँदै उनले धेरैभन्दा धेरै उत्पादन गर्ने बिउ बनाउनुपर्ने बताए । भुसालले माओवादी केन्द्र र एमाले मिलेर हाइब्रिड बिउ नेकपा बनाएको बताए । 

‘धेरै बिउमध्येबाट हाइब्रिड बनाउँदै धेरै उत्पादन हुने बिउ बनाउनुपर्दछ । कमरेड प्रचण्डले के भुल्नुभयो भने त्यो माओवादीको बिउ, एमालेको बिउ अब चल्दैन । नेकपा एउटा हाइब्रिड थियो, हाम्रो बुद्धि पुगेन त्यो बिउको भकारीमै आगो लगायौँ,’ उनले भने । 

उनले हाइब्रिड बिउबाट एकीकृत कम्युनिस्ट पार्टी बनाउन सकिने पनि बताएका थिए ।