global ime bank Long Banner Ad

गृहपृष्ठ अपन राधेमाईलाई नेक्सस कपकाे उपाधि, अनिश साह उत्कृष्ट बलर घोषित

अपन राधेमाईलाई नेक्सस कपकाे उपाधि, अनिश साह उत्कृष्ट बलर घोषित

अपन राधेमाईलाई नेक्सस कपकाे उपाधि, अनिश साह उत्कृष्ट बलर घोषित

अपन राधेमाई युथ क्लब वीरगन्जले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ को उपाधि जितेको छ । मंगलबार बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गरेकाे हाे ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २-२ विकेट लिए । जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । नेक्ससका सन्दिप विष्टले ३० स्कोर गरे । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए ।

उपाधिसँगै राधेमाईले १ लाख नगद पुरस्कार प्राप्त गरे भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो । मोफसलको टोलीले उपाधि जितेको तेस्राेपटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोश्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए । तेस्राेमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुरले उपाधि चुमेको थियो ।

राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट व्याट्सम्यान चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)का कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टिम सहभागी थिए ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु