global ime bank Long Banner Ad

गृहपृष्ठ ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध

ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध

ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनको अनुसार वैकल्पिक रूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला-ठूला ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन  सञ्चालन हुनसकेका छैनन् । सवारीसाधान सञ्चालन गर्ने एक्साभेक्टर लगेर ढुंगा फुटाएर मात्र सम्भव रहेको उनले बताए ।  सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नु पर्ने यात्रु मर्कामा परेका छन् । असार लागे यता सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ ।

मंगलबार बाढी-पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ । डुम्रे-बेँसीसहर सडक ४२ किलोमिटर लामो छ ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु