global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर ट्राफिक प्रहरीको कुटाइबाट बाटो हिँडिरहेका डाक्टरको नाक भाँचियो

ललितपुर ट्राफिक प्रहरीको कुटाइबाट बाटो हिँडिरहेका डाक्टरको नाक भाँचियो

ललितपुर ट्राफिक प्रहरीको कुटाइबाट बाटो हिँडिरहेका डाक्टरको नाक भाँचियो

ललितपुर ट्राफिक प्रहरीले एकजना डाक्टरमाथि कुटपिट गरेका छन् । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङमाथि ट्राफिक जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन् ।

कुसुन्तीमा घिसिङ आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर फर्किरहेका थिए । ट्राफिकले 'किन ठोक्किँदै हिँडिरहेको ?' भनेपछि विवाद हुँदा ट्राफिकले 'बढीबढी कुरा गर्ने' भन्दै मुखमा हिर्काएको घिसिङले बताए ।

ट्राफिकले हिर्काएपछि उनको नाकबाट रगत बगेको थियाे । कुटपिट भएपछि नजिकै रहेको अर्का ट्राफिक प्रहरीले घिसिङको उपचारका लागि जावलाखेलस्थित अल्का अस्पताल लगेका थिए । चिकित्सकका अनुसार उनको नाक फ्याक्चर भएको छ । घिसिङको अहिले उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर एसपी सिद्धिविक्रम शाहले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार डाक्टर घिसिङको उपचार गर्ने भनिए पनि जाहेरी भने परेको छैन ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु