global ime bank Long Banner Ad

गृहपृष्ठ जननेता भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

जननेता भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

जननेता भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदै छ ।

जन्मजयन्ती मनाउन एमालेका जनसंगठनहरू र  मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । 

जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । 

फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबजः राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । 

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा नेता भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु