nmb bank

गृहपृष्ठ अवकाश कोषको बचतमा डेढ प्रतिशत थप प्रतिफल

अवकाश कोषको बचतमा डेढ प्रतिशत थप प्रतिफल

अवकाश कोषको बचतमा डेढ प्रतिशत थप प्रतिफल

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने भएको छ ।

कोषको आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिइने भएको हो । कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ ।

कोषका अनुसार प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ । 

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु