nmb bank

गृहपृष्ठ संखुवासभा जलविद्युतकाे क्षेत्रमा नेपालको पावर हाउस बन्दै छ : पूर्वराजदूत कार्की

संखुवासभा जलविद्युतकाे क्षेत्रमा नेपालको पावर हाउस बन्दै छ : पूर्वराजदूत कार्की

संखुवासभा जलविद्युतकाे क्षेत्रमा नेपालको पावर हाउस बन्दै छ : पूर्वराजदूत कार्की

अमेरिकाका लागि पूर्वराजदूत तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष डा. अर्जुन कार्कीले संखुवासभा जलविद्युतकाे क्षेत्रमा नेपालको पावर हाउस बन्ने दाबी गरेका छन् ।

संखुवासभा-काठमाडौँ जर्नालिष्ट एशोसिएशनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जलस्रोतको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका परियोजना संखुवासभामा भएको उल्लेख गरे । सबैको ध्यान संखुवासभाको जलविद्युतमा केन्द्रित भएको भन्दै उनले जलस्रोतको समुचित विकासबाट मात्र जिल्लासँगै मुलुक समृद्ध बन्ने बताए ।

उनले अध्ययनको अन्तिम चरणमा पुगेको संखुवासभाको भोटखोलास्थित माथिल्लो अरुण आयोजनामा संखुवासभावासीले चाहे जति र क्षमता भएसम्म सेयर हाल्न पाउनु पर्ने माग पनि गरे । उनले भने, ‘नेपाल सरकारले र स्वदेशी पुँजीले बनाउनु पर्छ । यसमा अधिकतम लाभ भोटखोलावासीले पाउनु पर्छ । यो मैले २७ वर्षदेखि उठाउँदै आएको कुरा हो । सेयर हाल्न पाउनु पर्छ भन्ने कुरा सामान्य हो, तर योसँगै संखुवासभावासीले पाउने भौतिक पूर्वाधार र हक अधिकारका कुरा पनि महत्वपूर्ण रहेको छ ।’

परियोजनाबाट स्थानीय जनताले धुवाँ र धुलो मात्र पाउने हो भने उक्त परियोजनाको कुनै अर्थ नभएको उनको भनाइ छ । उनले आयोजनाबाट अधिकतम लाभ आयोजनास्थलवासीले पाउनुपर्ने उनले बताए । ‘आयोजना बनेपछि त्यसको लाभ सरकारले लिन्छ । तर, त्यति मात्र हैन, त्यसको केही प्रतिशत भोटखोलाबासी र संखुवासभावासीलेसमेत पाउनु पर्छ,’ उनले भने ।

डा. कार्कीले आफूलाई माथिल्लो अरुण विश्व बैंकलाई दिन लागिपरेको आरोपकाे खण्डन गर्दै भने, ‘म कुनै प्रोजेक्ट एजेन्सीलाई दिने ठाउँमा छैन । हस्ताक्षर गर्ने ठाउँमा छैन, प्रोजेक्ट दिने सरकारको कुनै निकायमा छैन । यो हावादारी कसरी पत्याउन सकिन्छ ?’ उनले संखुवासभावासीको इज्जत र प्रतिष्ठामा आँच आउने गरी कुनै काम नगर्ने प्रतिबद्धता जनाए । विभिन्न थरिका आरोपले आफूलाई केही फरक नपर्ने पनि उनको प्रष्टोक्ति थियो ।

राष्ट्रिय गौरवको आयोजना जिल्लामा बन्दै गर्दा आफ्ना हक अधिकारका बारेमा अझै गाउँघरसम्म चेतना पुग्न नसकेको बताउँदै माथिल्लो अरुणको विषयमा जनतालाई बुझाउन सक्नु पर्ने उनको भनाइ थियो । सो आयोजनामा नेपालका बैंक, सञ्चय कोष, नागरिक लागनी कोष, एचआइडीसीयल लगायतका संस्था पनि लगानी गर्न तयार रहेको उनले बताए । विश्व बैंकले ५ सय मिलियन डलर लगानी गर्न चाहेको पनि उनले सुनाए ।

जिल्लामा ठूला परियोजना र पूर्वाधार बनुन् भन्ने चाहना रहेको उनको भनाइ छ । उक्त प्रोजेक्टको माध्यमबाट अन्तर्राष्ट्रियस्तरका सडक बनाएर संखुवासभालाई विकासको हब पनि बनाउन सकिने उनले बताए ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु