global ime bank Long Banner Ad

गृहपृष्ठ छतमा लुगा उठाउन जाँदा लडेर महिलाकाे मृत्यु

छतमा लुगा उठाउन जाँदा लडेर महिलाकाे मृत्यु

छतमा लुगा उठाउन जाँदा लडेर महिलाकाे मृत्यु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँ घर भई हाल गौशाला-५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

गए राति छतमा सुकाएका लुगा उठाउन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु