गृहपृष्ठ ९ तोला सुन र १५ तोला चाँदीसहित २० लाख धनमाल चाेरी
९ तोला सुन र १५ तोला चाँदीसहित २० लाख धनमाल चाेरी
महाेत्तरीकाे जलेश्वर नगरपालिका-६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित २० लाखको धनमाल चोरी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी चाेरी भएकाे हाे ।
घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरेकाे छ ।
प्रकाशित समय : १४:२० बजे



















